मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

कार्की नेतृत्वको अन्तरिम सरकारले चीनविरोधीलाई संरक्षण गरिरहेको एमालेको आरोप

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चीन विरोधीहरुलाई संरक्षण र सम्मान गरिरहेको आरोप पनि लगाएका छन् ।

उनले दलाई लामाका प्रतिनिधि नेपाल आउँदा विमानस्थलदेखि नै राजकीय सम्मानसहित स्वागत गरिएको बताएका हुन् । वर्तमान सरकारले चीनविरोधी गतिविधिलाई संरक्षण गरिरहेको उनको आरोप छ । २३ र २४ भदौमा भएको ‘जेन–जी विद्रोह’ कुनै क्रान्ति नभई प्रायोजित प्रतिगमन र प्रतिक्रान्ति भएको दाबी गरे । बुधवार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले उक्त घटनालाई असंवैधानिक कदमको संज्ञा दिए । उनले विद्रोहको नाममा भएका गतिविधिहरु क्रान्तिको आवरणमा गरिएको प्रतिक्रान्ति तथा मुलुकमा अस्थिरता सिर्जना गर्ने षड्यन्त्र भएको टिप्पणी गरे ।

उनले भने, ‘त्यो घट्ना ९२३ र २४ भदौको जेनजी विद्रोह प्रायोजित थियो । त्यो कुनै क्रान्ती थिएन । जेनजीको आवरण गरिएको त्यो कुनै क्रान्ती थिएन । त्यो वास्तवमा प्रतिगमन र प्रतिक्रान्ती थियो । त्यो एकदमै ठुलो असंवैधानिक कदम थियो । एउटा अनलाईमा एउटा बुद्धिजिविको एउटा लेख आएको छ । त्यसमा उनीहरुले नेपाल सरकारलाई चेतावनी दिएका छन् । दलाई लामाको प्रतिनिधि नेपाल आएका थिए । उनलाई विमानस्थलदेखि नै राजकीय सम्मानसहित नेपाल ल्याइएको थियो । यो सरकारले चीन विरोधीहरुलाई संरक्षण दिइरहेको छ । यसले गर्दा चीनले सरकारलाई दुई वटा विकल्प दिएको छ । या त चीनको विरोधीलाई नेपालबाट निकाला गर्नुपर्यो नभए यसबाट उत्पन्न हुने परिणाम भोग्नको लागि तयार हुनुपर्यो भनेको छ ।’

थापाकाअनुसार चीनले नेपाल सरकारलाई चीनविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई नेपालबाट निष्कासन गर्न चेतावनी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x