मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

उपत्यकामा कम्तिमा १० सिट एमालेले जित्छः सचिव बस्नेत

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले उपत्यकाका सबै सिट जित्नेगरी तयारी गरेपनि १० सिट जित्ने दाबी गरेका हुन् । अघिल्लो निर्वाचनमा पाँच दलिय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको बताए । यसपटक मतदाताहरु एमाले नै ठिक रहेको भन्ने निष्कर्षमा पुगेको उनको दाबी छ । उनले उपत्यकावासीहरू सचेत, शिक्षित र राजनीतिक रूपमा परिपक्व रहेको पनि बताए । सचिव बस्नेतले केही घुमन्ते उम्मेद्वारहरुले भोट किनबेचको आरोप लगाउने गरेकोप्रति आपत्ति जनाउँदै उपत्यकामा देशकै सबैभन्दा धेरै बौद्धिक र शिक्षित वर्ग बसोवास गर्ने बताए । उनकाअनुसार उपत्यकाको मत परिवर्तित छ । सानो घटनाले पनि यहाँको मत परिवर्तन हुने उल्लेख गदै उनले यसपटक एमालेको माहोल बनेको उल्लेख गरे ।

उनले भने, ‘यहाँ कतिपय घुमन्ते साथीहरु आएर भोट किनबेच हुन्छ भन्ने आरोप लगाउने गरेका छन् । त्यो चाँही हामी उपत्यकाबासीहरुलाई गिज्याईरहेको कुरा हो । सबैभन्दा धेरै बौद्धिक वर्ग र शिक्षित वर्ग यहाँ छन् । त्यसकारण उनीहरुको भोट परिवर्तित छ । कहिलेकाँही सानो परिघटनाबाट पनि उपत्यकाकाले भोट परिवर्तन गरेको छ । अघिल्लो पटक स्वतन्त्र पार्टीले उपत्यकाका मात्रै सिट ल्याएको थियो । त्यो भोगाईबाट यसपाली चाँही एमाले नै ठिक हो भन्ने ठाउँमा उपत्यकाका बासी पुगेका छन् । अघिल्लो पटक पाँच दलिय गठबन्धन बनेको कारणले बालेन र रवीजीहरुको स्वतन्त्रको क्रेज भएकोमा अवस्थामा हामीले दुई सीट मात्रै जितेका हौँ । यसपाली उपत्यकाका १५ सीट एमालेको सुनिश्चित भन्ने नारा त दिएका छौँ तर कमसेकम १० सीट हामी जित्छौँ ।’

उनले देशमा एमालेले जति विकास निर्माणका कार्य अरुले नगरेको दाबी गरे । उनले त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, धरहरा, रानीपोखरी लगायतका संरचनाको निर्माण एमालेले गरेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x