मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

प्रचण्डको ब्रिफिङ : एमालेसँग चुनावी तालमेल हुँदैन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले फागुन २१ को निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको जुम बैठकले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको हो ।
बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्षेत्रगत वा कुनै पनि खालको चुनावी तालमेल गर्ने विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल नभएको प्रस्ट पारेका थिए । पछिल्लो समय देशभर नेकपाको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएकाले निष्पक्ष र धाँधलीरहित चुनाव भएमा नेकपा एक नम्बरको पार्टी बन्ने दाबीसहितको ब्रिफिङ प्रचण्डले गरेका हुन् ।

‘््श्रेष्ठका अनुसार एकहप्ता अगाडि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले तीन पार्टी मिलेर जाने प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको प्रचण्डले जानकारी गराएका थिए । पहिला देउवाले मिलेर जाउँभन्दा ओलीले आफ्नो पार्टीलाई होच्याएर ओलीले कांग्रेस र एमालेबिच मात्र चुनावी तालमेलको प्रस्ताव ओलीले गरेको श्रेष्ठले आरोप लगाए । अहिले स्थिति प्रतिकुल देखिएपछि एमालेले सहकार्यको प्रस्ताव गरेको उनको जिकिर छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x