मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

माओवादी मुस्ताङका पूर्वअध्यक्ष थकाली र एमाले नेतृ गुरुङ कांग्रेस प्रवेश

काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्र मुस्ताङका पूर्वअध्यक्ष गणेश थकाली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै, नेकपा एमालेकी नेतृ प्रतिमा थकाली पनि कांग्रेस प्रवेश गरेकी छन् ।

बिहिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले माओवादी मुस्ताङका अध्यक्ष पूर्वथकालीसहित महत्त्वपूर्ण नेताहरू कांग्रेस प्रवेश गरेको जानकारी दिए ।

उनले भने, “नेकपा माओवादीका मुस्ताङ जिल्ला अध्यक्ष गणेश थकाली नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ, नेकपा एमालेकी प्रतिभाशाली नेतृ प्रतिमा थकाली पनि कांग्रेस प्रवेश गर्नुभएको छ,” यस्तै, “धेरै पार्टीका महत्त्वपूर्ण नेताहरू कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ ।”

प्रवक्ता चालिसेले पार्टीको शक्ति भनेकै आन्तरिक एकता रहेको भन्दै पार्टीभित्रका प्राविधिक विषयहरू मिलेकाले कांग्रेस एकताबद्ध भएको बताए ।

 कांग्रेससँग असन्तुष्ट भएर अन्यत्र गएकाहरू फर्कने, निष्क्रिय भएर बसेकाहरूले सक्रियता जनाउने क्रम सुरु भएको भन्दै अन्य पार्टीबाट पनि कांग्रेस प्रवेशको लहरले पार्टीप्रति आमनागरिकको दृष्टिकोण सकारात्मक बनेको प्रवक्ता चालिसेकाे भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x