६० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, फागुन ३ गतेभित्र जिल्लामा पुर्याउने
काठमाडौं। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ ६० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ ।६० वटा निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ ।समानुपातिकतर्फको २ करोड ४ लाख मतपत्र छपाइ सकेर माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू भएको थियो ।
उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ । मतपत्र माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्ला–जिल्लामा पठाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता जिसीले बताए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE