मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

रास्वपा र बालेनको एकता विचार र सिद्धान्तविहीन ‘स्टन्ट’ मात्र होः अग्निप्रसाद सापकोटा

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उनीहरुमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताए ।

नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब भ्रममा नपर्ने दाबी गरे। नेता सापकोटाले रास्वपा र बालेन्द्र पक्षबीच भएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन वा दीर्घकालीन दृष्टिकोण नभएको जिकिर गरे । उनले घण्टी बजाएको भरमा र ‘स्टन्ट’ गरेको भरमा नेपाली जनता अब भ्रमित नहुने स्पष्ट पारे ।

उनले भने ,हिले जो रास्वपा र बालेनको बीचमा एकता भएको छ । तपाईंहरु विचार गर्नुहोला । यिनीहरुको न सिद्धान्त छ, न विचार छ, न दृष्टिकोण छ, न एजेण्डा छ । यिनीहरुको बीचमा सहमति भएको १० वटा बुँदामा प्राविधिक कुरा मात्रै छ । घण्टी बजाएको भरमा र हाम्रो संयोजक कमरेडले भनेजस्तै स्टन्ट गरेको भरमा नेपाली जनता अब भ्रमित हुँदैनन् । यिनीहरुका पछाडि एउटा भयानक तागत खडा भइरहेको छ । तर मलाई के विश्वास छ भने आजको उपस्थिति र उत्साहले पनि सिन्धुपाल्चोक जिल्ला हाम्रो किल्ला हो । जहाँ हामी २०६४ सालदेखि समर्पण छौँ । हामी नै संस्थापन हो ।’

उहाँले नेकपाको जित सुनिश्चित रहेको बताउनु भयो । नेकपाको उम्मेदवारका अगाडि अरु उम्मेदवार ‘स्याल’ भएको टिप्पणी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x