जेन्जी युवालाई पुनको अपिलः जेन्जीको मर्मलाई सम्बोधन गर्ने पार्टी कांग्रेस हो
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जेन्जी युवाको सपना पुरा गर्ने पार्टी नेपाली कांगे्रस भएको बताएका छन्। फागनु २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले जेन्जी युवाको वास्तविक मागलाई कांग्रेसले पुरा गर्ने बताएका हुन् ।
लुम्बिनी प्रदेश सभापति पुनले जेन्जी युवाले देखेको सपनालाई साकार पार्ने पार्टी नेपाली कांग्रेस भएको बताए।
उनले भने, ‘युवा साथीहरुलाई म आग्रह गर्छु । समग्र पार्टी हेर्नुहोस । तपाईहरुले उठाएका मुद्दाको फाइदा अरुले नै लिन खोजिरहेका छन् । जसले युवाहरुको सपना नै देखेको छैनन् । देश निर्माणको योजना नै छैन, त्यो पार्टीले जेन्जी आन्दोलनको फाइदा लिन खोजेको छ । त्यसकारण म युवा जेन्जी भाईहरुलाई आग्रह गर्न चाहन्छु । गलत ठाउँमा गलत चिज गयो भने त्यसको नतिजा पनि गलत नै हुन्छ ।’
सबै जाती, धर्म, वर्ग र समुदायलाई समेटन सक्ने पार्टी कांग्रेस भएको नेता पुनले बताए ।
पुनले भने, ‘सबै धर्म, जाती र वर्गलाई कांग्रेसले नेता बनाएको छ । यो देशको बलियो परिस्थिती निर्माण गर्नको लागि समग्र जाती र धर्मलाई समेटनको लागि पनि कांग्रेस चाहिन्छ ।’
बाँके क्षेत्र नम्बर ३ का युवाहरुलाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सहयोग गर्न पुनले अपिल गरे ।
उनले भने,‘कांग्रेस समाजको वास्तविक समस्यालाई सम्बोधन गर्न सक्ने पार्टी हो । त्यसैले आगामी निर्वाचनमा कांग्रेसलाई जित दिलाउन आवश्यक रहेको छ ।’
जेन्जी युवाले देशमा सुशासन, अनियमितता र समृद्धिको लागि गरेको आन्दोलनको मर्मलाई बुझेर नेपाली कांग्रेस अगाडी बढिरहेको पुनले बताए । नयाँ नीति र युवा नेतृत्वमा रहेको कांग्रेसले देशको समृद्धिको लागि काम गर्न सक्ने उनको भनाई रहेको थियो ।
आसन्न निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेवार बनेका पुनले जेन्जीसँग खुला संवाद गरेर कांग्रेसले देश विकासको लागि नयाँ कार्यदिशा बनाएर अगाडी बढने प्रतिवद्धता जनाए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE