शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौँः माधव सापकोटा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक यस्ता भ्रमहरू चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिए । नेता सापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताए । विशेषगरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले भने, ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू’ र आफूहरु एउटै नभएको बताए । उनले नयाँ उम्मेदवारहरूलाई कुन सरकारी कार्यालय कहाँ पर्छन् भन्ने आधारभुत जानकारी समेत नभएको भन्दै उनीहरूका कुरा हाँस्यास्पद रहेको टिप्पणी गरे ।

उनले भने, ‘आज एउटा भाष्य के बनाइँदैछ भने सबै पार्टीहरु र सबै उम्मेदवार उस्तै उस्तै हुन् भन्ने भाष्य सिर्जना गर्न खोजिँदैछ । सबैलाई दिनको एउटा पोस्ट लेखेर यसलाई गम्भीरतापूर्वक खण्डन गरौँ । सबै उस्तै हुँदैनन् र होइनौँ । मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर, पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरु र हामी एउटै होइनौँ । कुन वटा कार्यालय कहाँ पर्छ भन्ने जानकारी थाहा नहुनेले के गर्छन् रु यस्तो हाँस्यास्पद कुरा गर्ने र हामीलाई तुलना गरे भने यो कुरा न्यायसंगत हुँदैन । सबै उस्तै हुन् र उस्तै उस्तै हुन् भन्ने भाष्य सिर्जना गरिएको छ । पहिला पहिला रेडियो नेपालमा हात्तीछाप चप्पल र हात्ती कुन बलियो भनेर विज्ञापनमा बोलेको जस्तो कुरा हो । हात्तीछाप चप्पल र हात्ती उस्तै होइन । हामीले जनतालाई यसबारे बुझाउन जरुरी छ । जोड जोडले ठूलो स्वरले सुन्ने गरीकन भन्नुपर्छ । पार्टीका तर्फबाट गल्ती कमजोर भएका छन् । सबैभन्दा पहिला जनतासँग गएर आत्मालोचना गरेर रुपान्तरणका लागि तयार हुने पार्टी पनि हामी नै हौँ । ’

पार्टीका तर्फबाट भएका विगतका कमजोरीहरू स्वीकार गर्दै सापकोटाले जनतामाझ गएर आत्मालोचना गर्न आफ्नो पार्टी तयार रहेको बताए । उनले कार्यकर्तालाई प्रत्येक दिन एउटा पोस्ट लेखेर विरोधी भाष्यको गम्भीरतापूर्वक खण्डन गर्न आह्वान समेत गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x