शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धि नियमावली संशोधन गरेको छः मन्त्री चौलागाईं

काठमाडौं। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारले वन सम्बन्धि देखिएको समस्या समाधान हुने गरी वन नियमावली संशोधन गरेको दाबी गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । वन नियमावलीको तेस्रो संशोधन वर्तमान सरकारले गरेको र त्यो हालसम्मकै सबैभन्दा प्रगतिशील रहेको मन्त्री चौलागाईंको भनाई थियो । उनले विकास, निर्माणको काममा निकुञ्ज क्षेत्रमा देखिएका समस्या पनि सो नियमावलीले समाधान गर्ने बताए ।
मन्त्री चौलागाईले भने,‘यो सरकार आईसकेपछि वन नियमावलीको तेस्रो संशोधन भएको छ । त्यो संशोधन राजपत्रमा पनि आईसकेको छ । र, त्यसमा अहिलेसम्मकै प्रोग्रेसिव सुधारहरु आएका छन । यो भर्खरै भएको हुनाले मानिसहरुको चर्चामा आउन समय लाग्छ । विगतमा दिइएको सुझावहरुलाई ध्यानमा राखेर त्यो आएको छ । विशेष गरी काठहरुको सदुपयोग गर्न त्यसले काम गर्छ । जुन संरक्षणमुखि हाम्रा नीतिहरु थिए । त्यसको प्रभावकारी कार्यान्वयनमा पनि त्यसबाट हुनेछ ।’

मन्त्री चौलागाईंले वन्यजन्तुबाट मानव बस्तीमा हुने क्षति नियन्त्रण गर्न पनि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नं पहल गरिरहेको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x