मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

कार्बन फाइनान्सिङ विस्तारका लागि स्पष्ट नीति आवश्यकः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले कार्बन फाइनान्सिङलाई प्रभावकारी रूपमा विस्तार गर्न स्पष्ट नीति आवश्यक रहेको बताएका छन् । आईतवार ललितपुरमा आयोजित कार्बन व्यापारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्पष्ट नीतिगत व्यवस्था भएमा बैंकहरूले कार्बन फाइनान्सिङ विस्तार गर्ने बताएका हुन् ।

उनले हाल बैंकहरूले ग्रिन फाइनान्सअन्तर्गत लगानी गरिरहेको जानकारी दिए । कार्बन फाइनान्सिङसम्बन्धी स्पष्ट नीति भए लगानीको लागि सहज हुने उनको भनाई छ । बैंकहरूले कार्बन क्रेडिटलाई वित्तीय सम्पतीका रूपमा बुझ्न र मूल्यांकन गर्न सक्ने वातावरण बनाउन प्राविधिक सहयोग र स्पष्ट नीति आवश्यक रहेको बताए । उनले कार्बन निवारणसम्बन्धी नियमावली र कार्यविधि परिमार्जन गर्दा निजी क्षेत्रले भोगिरहेका वास्तविक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

निजी क्षेत्रलाई सहभागितामूलक ढंगले अघि बढाएमा मात्र कार्बन फाइनान्सिङ व्यवहारिक र दिगो बन्ने उनको भनाई छ । उनले कार्बन निवारणको लागि ठूला–ठूला कुरा गर्नुभन्दा पहिले केही सफल नमूना परियोजना (पाइलट प्रोजेक्ट) शुरु गर्नुपर्नेमा जोड दिए । केही नमूना सफल परियोजना बनाउन सकिएमा यसले बैंक र लगानीकर्तामा विश्वास बढाउँने उनको भनाई छ । सरकारले सहजकर्ताको भुमिका खेले नेपालले कार्बन व्यापारमार्फत अर्बौं रुपैयाँ बराबरको राजस्व भित्र्याउनसक्ने श्रेष्ठको दाबी छ । यसका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र विश्वास गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘कार्बन निवारण नियमावली र कार्यविधि परिमार्जन गर्दा निजी क्षेत्रका वास्तविक समस्यालाई सम्बोधन गर्नुपर्छ र निजी क्षेत्रलाई पनि सहभागिता गराउनुपर्छ । पाईलट प्रोजेक्ट, ठूला कुरा गर्नुभन्दा केही सफल नमूना परियोजना शुरु गरौँ । यसले बैंक र लगानीकर्ताहरुलाई विश्वास बढ्छ । बैंकहरुलाई कार्बन क्रेडिटलाई वित्तीय सम्पतीको रुपमा बुझ्न र मूल्याङ्कन गर्न प्राविधिक सहयोग र स्पष्ट नीतिको बनाउनुपर्छ । यसले बैंकले पनि लगानी गरेर अगाडी बढ्न सकोस् । अहिले ग्रिन फाइनान्सको हिसावले बैंकहरुले फाइनान्स गरिरहेको छ । तर अझै अगाडी बडाउनको लागि कार्बन फाइनान्सिङमा बैंकहरु अगाडी आउन उनीहरुलाई स्ष्पट नीति व्यवस्था हुनुपर्छ । सरकारले सहजकर्ताको भुमिका खेल्यो भने नेपालको अर्बौं राजश्व चाहीँ भित्र्याउन सकिन्छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ, विश्वास गर्नुपर्छ । एफएनसीसीआईलाई कार्बन व्यापारको हक बनाउन सरकार र अन्तराष्ट्रिय साझेदारसँग सहकार्य गर्न हामी तयार छौँ । यो भन्दाखेरी हावाको व्यापार छ, तर यो एकदमै महत्वपूर्ण व्यापार छ । यो कुरा गर्दा हावाहावा कुरा गरेजस्तो देखिएपनि यसबाट मुलुकले फाइदा लिन सक्नेछ ।’

उनले एफएनसीसीआई कार्बन व्यापारको अधिकार सुनिश्चित गर्न सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको बताए । कार्बन व्यापारलाई कतिपयले ‘हावाको व्यापार’ भनेपनि यो अत्यन्तै महत्वपूर्ण व्यापार भएको उनको भनाई छ । उनले यसबाट मुलुकले आर्थिक फाइदा लिन सक्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x