संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पर्यटन विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, पर्यटन विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, अध्यक्षले राष्ट्रिय सभाको पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE