अपराधिक तत्वहरूले विभिन्न आरोप लगाए : ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि विभिन्न आरोप लगाउने गरेको बताएका छन् ।
सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासँग छलफलका क्रममा अध्यक्ष ओलीले भदौ २३ र २४ गते जेन–जीहरूको आन्दोलनमा आपराधिक तत्व घुसेर विध्वंस मच्चाएको बताएका हुन । तिनै आपराधिक तत्वहरूले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको पनि उनले बताए । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई गोली चलाउन आदेश नदिएको दोहो¥याउँदै अध्यक्ष ओलीले संसद् भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण आपराधिक तत्वले नै बनाएको धारणा राखे ।
आफूले राजीनामा दिएपछि भदौ २४ गते मात्रै ५४ जनाको मृत्यु भएको उनको भनाइ छ ।अध्यक्ष ओलीले मुलुकको विकासका लागि एमालेले सबैभन्दा धेरै काम गरेको दाबी पनि गरे । गोबर र गुइँठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहीले तोडमोड गरेको भन्दै उनले त्यसमा आपत्ति जनाए ।
उनले नेपालमा ग्यास उत्खनन् भइसकेको भन्दै अब त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट वितरण गर्नुपर्ने बताए ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहेका ओली पछिल्लो समय झापामा स्थानीयसँगको छलफललाई तीव्र पारेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE