मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता

काठमाडौं। आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ वटा कम्युनिस्ट तथा समाजवादी घटकहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

‘तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रश्तुत गरेको हो । प्रतिवद्धता पत्रमा राजनीतिक स्थिरता, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्रमुख आधार स्तम्भ मानिएको छ । पार्टीले शासकीय स्वरूपमा सुधार गर्दै मन्त्रिपरिषद्को आकार घटाउने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिज्ञा गरेको छ । आर्थिक क्षेत्रमा आगामी पाँच वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । कृषि क्षेत्रको आधुनिकीकरणका लागि ‘कृषि लगानी दशक’ घोषणा गर्ने, भूमिहीन सुकुम्वासी समस्या समाधान गर्ने र स्वास्थ्य तथा शिक्षामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई पार्टीले विशेष प्राथमिकता दिएको छ । यस्तै, महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार, दलित समुदायका लागि विशेषाधिकार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मताधिकारको व्यवस्था मिलाउने समेत प्रतिवद्धता पत्रमा उल्लेख छ ।

परराष्ट्र नीतिका सन्दर्भमा असंलग्न कूटनीतिलाई पछ्याउँदै राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा गर्ने कुरामा पार्टीले जोड दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x