मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ ।

आयोगले मंगलबार आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उमेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिताको दफा ३७ मा दल वा उमेदवारले घोषणापत्र सार्वजनिक गरी त्यसको आधारमा चुनाव प्रचार गर्नुपर्ने उल्लेख छ ।

३७ को २(१) अनुसार घोषणापत्र दलले आयोग र उमेदवारले निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

आचारसंहितामा प्रगतिको कार्य प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचन आउँदो फागुन २१ गते हुँदै छ । हालसम्म अधिकांश दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् । फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचारप्रसारको अवधि तोकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x