सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक दिउँसो सवा १ बजेबाट सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने, विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले विधायन व्यवस्थापन समतिको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति माया प्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशिला कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, चलचित्र विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x