काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार कास्की जिल्ला अदालतमा तारेख बुझ्न उपस्थित हुने क्रममा उनले सञ्चारकर्मीसँग यस्तो विश्वास व्यक्त गरेका हुन् । सबैले न्याय पाउने अदालतबाटै भएकाले कानुनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनको भनाइ छ । मुद्दा दायर गरिएका अदालतमा तारेख बुझ्न आफैँ उपस्थित हुनुपर्ने भएकाले त्यहीअनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।आफूहरू कानुनी राज्य स्थापित गर्न हिँडेकाले यसको प्रक्रियालाई राम्रोसँग वहन गर्ने उनको भनाइ छ ।