आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

विशेष अदालतद्वारा चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी कैद र जरिवानाको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले निगमका प्रमुख दास, निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही पाँच महिना कैद र जरिवाना हुने फैसला सुनाएको हो । तीन जनालाई बिगो ४ लाख ४८ हजार ५२५ को आधा रकम २ लाख २४ लाख २६२ रुपैयाँलाई दामासाहीले भाग लगाउँदा हुने जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत भनेको छ । उनीहरूमाथि अवैध रूपमा डिजेल कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । कुल १२ हजार लिटर डिजेल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र त्यो डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका–२७ मा नियन्त्रणमा लिइएको थियो । यही मुद्दामा गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएशनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटको हकमा भने मिलेमतो गरेको प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x