शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताएका छन् ।

चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा आइतबार पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट पुगेका उनले चीन र भियतनामको मोडल पढेर त्यसबाट शिक्षा लिने तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुने बताएका हुन् ।

उनले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि भएको उल्लेख गर्दै ‘नेपालको समुदायमा आधारित समाजवाद’ निर्माणको आधार यही क्षेत्र बन्ने उल्लेख गरे । ‘चीन र भियतनामको मोडल पढ्यौं, तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुन्छ,’ उनले भने।

सम्बोधनका क्रममा उनले पछिल्लो समय जेनजी युवापुस्ताबाट देशको सहि नेतृत्व गर्न र आन्दोनमार्फत उठाएका माग सम्बोधन गर्नका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उल्लेख गरे ।

उनले भने, ‘जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुनेरहेछ भनेका छन् । त्यसको अर्थ म प्रधानमन्त्री बन्न खोजेको होइन, देश र जनताको चाहना बुझ्नुपर्छ भन्ने हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x