बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

अतिवाद र कुशासनको चेपुवामा मुलुकः निर्वाचनमार्फत निकास खोज्ने नेकपाको दाबी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनपछि आफ्नो पार्टी मुलुकको पहिलो शक्तिका रूपमा उदय हुने दाबी गरेका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सापकोटाले देशभरबाट प्राप्त रिपोर्टका आधारमा पार्टी पहिलो बन्ने निश्चित भएको बताएका हुन्। प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते देशभर हुँदैछ । सोही निर्वाचनका माध्यमबाट देशभर नेकपा सबैभन्दा ठूलो शक्ति बन्ने उनले दाबी गरे।

निर्वाचन सुनिश्चिततामा पार्टीको निर्णायक भुमिका

नेता सापकोटाले देश जटिल र संवेदनशील परिस्थितिबाट गुज्रिरहेको बताउनु भयो । जटिल अवस्थामा केही दलले निर्वाचन नचाहेको भएपनि आफ्नो पार्टीले तोकिएको समयमै निर्वाचन हुनुपर्ने अडान लिएका कारण आज देश निर्वाचनको निर्णायक चरणमा पुगेको बताए।

उनले भने, ‘हाम्रो अडान वस्तुगत परिस्थितिको सही विश्लेषण थियो भन्ने पुष्टि भएको छ ।’

दुई प्रकारका अतिवादको चुनौती

मुलुक यतिबेला दुई प्रकारका अतिवादको चेपुवामा परेको सापकोटाको विश्लेषण छ । एकातिर दलाल र विचौलियाको आडमा कुशासन चलाउने र युवाहरूको आन्दोलनलाई दमन गर्ने प्रवृत्ति रहेको र अर्कोतर्फ जनभावनालाई प्रयोग गर्दै राष्ट्रिय सम्पदाहरूमाथि आगजनी र आक्रमण गर्ने अराजक अतिवाद रहेको उनले बताए । उनले दुवै प्रकारका अतिवाद राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि हानिकारक रहेको स्पष्ट पारे।

मिडियाको भुमिका र आचारसंहितामा प्रश्न

निर्वाचनका बेला केही सञ्चार माध्यमले पत्रकारिताको न्युनतम मान्यता र आचारसंहिता विपरीत भ्रामक सूचना फैलाएर पार्टीलाई अवमूल्यन गर्न खोजेको भन्दै उनले आपत्ति जनाए । ‘निर्वाचन आयोगले आचारसंहिता विपरीतका गतिविधि विरुद्ध प्रभावकारी कदम चालोस् र प्रेस काउन्सिलले निष्पक्ष अनुगमन गरोस् ।’ उनले आग्रह गरे। विशेष गरी निर्वाचन प्रभावित पार्ने गरी गरिने मत सर्वेक्षणहरू प्रति उनले सञ्चार जगतलाई सचेत गराए।

देशको पहिलो पार्टी बन्ने दाबी

पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै सापकोटाले देशभरको उत्साह र रिपोर्टका आधारमा पार्टी पहिलो बन्ने बताए । ‘मञ्चमा बस्ने हामी सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ । नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट देशभरिबाट आइराखेको छ ।’ उनले आत्मविश्वासका साथ भने।

उनले सम्पूर्ण नेपाली जनतालाई पार्टीका प्रतिवद्धता र आगामी रोडम्यापको गहिरो मूल्यांकन गर्दै विवेकपूर्ण निर्णय गर्न आह्वान गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x