बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026

रास्वपा परित्याग गरेकी ममता शर्मा कांग्रेस प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

बुधबार कांग्रेसले धनुषामा आयोजना गरेको ‘प्रतिज्ञासभा’मार्फत उनी कांग्रेस प्रवेश गरेकी हुन् । शर्मालाई पार्टी सभापति गगनकुमार थापाले खादा लगाएर पार्टीमा स्वागत गरे ।

सभालाई सम्बोधन गर्दै उनले रास्वपा पुरानो कांग्रेस भइसकेको टिप्पणी गरिन् । विशेष महाधिवेशनबाट आएको नेतृत्व र नीतिको आधारमा कांग्रेस नयाँ र थप सुदृढ भएर आएको उनको भनाइ छ ।

उनले अगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उमेदवार चयनमा आर्थिक चलखेल भएको भन्दै बुधवार बिहान मात्रै साधारण सदस्य समेत नरहने गरी रास्वपा परित्याग गरेकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x