बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026

सबैको समान अस्तित्व र सहभागिताका लागि मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्‍यौँः प्रवक्ता चालिसे

काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सबैको समान अस्तित्व र सहभागिताका लागि काँग्रेसले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गरेको बताएका छन् ।

पार्टी मुख्यालय सानेपामा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नु आफैँमा सन्देश भएको बताएका हुन् । नेपाल सबैको साझा देश भएकाले हरेक प्रदेश र भूगोललाई समान रूपमा जोड्न आवश्यक रहेको उनले बताए । सबै समुदायको समान अस्तित्व र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए । जनकपुरबाट प्रतिज्ञापत्र सार्वजानिक गर्नुले अपनत्व र समावेशिताको सन्देश प्रवाह गरेको उनको भनाई छ । काठमाडौंबाट प्रतिज्ञापत्र सार्वजानिक गर्ने चलनलाई परिवर्तन गर्दै मधेसबाटै घोषणा गर्नु राजनीतिक सन्देशसहितको निर्णय भएको उनले बताए । उनले पार्टी केवल संरचनागत रूपमा नभई सोच र व्यवहारमा समेत परिवर्तनको दिशामा अघि बढेको दाबी गरे ।

उनले भने, ‘मधेश प्रदेशमा हामीले यसपटक प्रतिज्ञापत्र जनकपुरमा सार्वजानिक गरेका छौँ । मधेसमा हामीले किन प्रतिज्ञापत्र सार्वजानिक ग¥यौँ यो आफैँमा प्रश्न हो । काठमाडौबाट नै शुभारम्भ गर्ने चलन चलिआएकोमा नेपाली काँग्रेसले त्यो परम्परालाई बदल्दै काँग्रेस बदलिएको मात्रै होईन, धेरै बदलिएको तस्बिर हरेक क्षणक्षणमा प्रमाणित गर्दै गएका छौँ । नेपाल सबैको साझा हो, हरेक प्रदेश जोडिनुपर्छ, हरेक भुगोल जोडिनुपर्छ । सबैको समान अस्तित्व र समान सहभागिता आवश्यक छ । यसले आफ्नो महत्व देखाएको छ । यसपटक जनकपुर, अर्कोपटक पश्चिममा, अर्को पटक पुर्वमा होला । हरेक जनताको अपन्वत्व होस् भन्ने यसले मान्यता पनि राखेको छ ।’

उनका अनुसार काँग्रेसले यसपटकको आफ्नो प्रतिज्ञापत्र मधेस प्रदेशको जनकपुरधामबाट सार्वजनिक गरेको छ । काँग्रेसले भिजन १० मा आधारित भएर प्रतिज्ञापत्र सार्वजानिक गरेको उनको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x