बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

युवाको ऊर्जा र अनुभवीको दृष्टि मिलेर देश बन्छः अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन पछि बन्ने एमाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ वटा प्राथमिकताका कामहरू समय सीमा तोकेर अगाडि बढाउने घोषणा गरेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य हासिल गर्न सुशासन, विकास र समृद्धिका लागि २५ स्तम्भहरू नीतिगत प्राथमिकतामा रहेको उनले स्पष्ट पारेका हुन् । पुस्तान्तरण र अन्तरपुस्ता द्वन्द्वको चर्चालाई भ्रमको संज्ञा दिँदै ओलीले यो देश पुस्ताहरू बीचको द्वन्द्वले नबनेको बताए । युवा भनेको आगो भएको उल्लेख गदै अनुभव भनेको उज्यालो भएको बताए । आगोलाई दिशा चाहिने र उज्यालोलाई ऊर्जा चाहिने भन्दै उनले दुवै मिलेर मात्र देशको भविष्य उज्ज्वल हुने जिकिर गरे । अध्यक्ष ओलीले यो निर्वाचनलाई केवल पुस्तान्तरको विषय नभई ‘देश बनाउने र भत्काउने बीचको जनमत सङ्ग्रह’ भएको दाबी गरे ।

उनले भने, ‘हाम्रो गन्तव्य स्पष्ट छ । समृद्ध नेपाल सुखी नेपाली । हाम्रो संकल्प स्पष्ट छ । सुशासन, विकास, समृद्धि र समानता। त्यसैका लागि घोषणापत्रमा हामीले गर्ने कामको सूची प्रश्तुत गरेका छौं । तत्काल गर्ने ११ काम, ५ आधारभुत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेका छौं । निर्वाचन पछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बाटै निर्णय गरेर समय सीमा तोकेर तत्काल गर्ने ११ काम अघि बढाउने छौं । मित्रहरु, फेरि अर्को भ्रम हाम्रा सामु चर्चा गरिँदैछ पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्व । म भन्न चाहन्छु म आज स्पष्ट शब्दमा भन्न चाहन्छु यो देश पुस्ताहरु बीचको द्वन्द्वले बनेको होइन र द्वन्द्वले बन्दैन पनि चल्दैन पनि । देश बनाउनका लागि युवाको ऊर्जा चाहिन्छ । त्यो जोस, त्यो सपना, त्यो हिम्मत जसले जस्तो सुकै कठिन पहाड पनि चढ्न सक्छ । तर सँगसँगै अनुभवी पुस्ताको दृष्टि पनि चाहिन्छ । त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लर्खराउँदा भरोसा दिन्छ । युवा भनेको आगो हो। तर आगोलाई दिशा चाहिन्छ नत्र त्यही आगोले जलाउँछ । अनुभव भनेको उज्यालो हो । तर उज्यालोलाई पनि ऊर्जा चाहिन्छ नत्र उज्यालो आफै निभ्छ । आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो रणनीति, हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो। । त्यसैले यो निर्वाचन पुस्तान्तरको होइन, देश बनाउने र भत्काउने बीचको जनमत सङ्ग्रह हो । यो निर्वाचन राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष पनि हो। ।’

उनले राष्ट्रिय स्वाभिमानको रक्षा, संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि सबै नेपाली जनतालाई ‘देश पहिला’ भन्ने भावनाका साथ मतदान गर्न अपील समेत गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x