सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताएका छन् ।

बिहीवार कर्णालीमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको ठेक्का कुनै नेता वा दलले लिन नपर्ने बताएका हुन् । उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै लोकतन्त्र खतरा हेलिकप्टरबाट भागेसंगै टरेर गएको बताए । उनले भागेको हेलीकप्टर फेरि सिंहदरबारमा ल्याण्ड नभएसम्म लोकतन्त्र सुरक्षित हुने उल्लेख गरे । उनले लोकतन्त्रको धेरै चिन्ता लागेमा सबै एकजुट भएर रास्वपासंग प्रतिष्पर्धामा उत्रिन पनि आग्रह गरे । उनले रास्वपा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको उल्लेख गदे शान्तिपूर्ण निर्वाचनको प्रत्याभुति दिन सरकारसँग माग गरे । निर्वाचनबाटै देशको भाग्य बदल्ने काममा आफूहरु लागेको उनको भनाई छ । उनले निर्वाचन निकास नदिने भएकोले सार्नुपर्छ भन्ने आवाज सुनेको उल्लेख गर्दै चुनावले निकास दिँदैन भने के ले निकास दिन्छ भन्ने प्रश्न समेत गरे । उनकाअनुसार लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति नै जनताको मताधिकार हो । सभापति लामिछानेले आफूहरुले आन्दोलन भन्दा पनि मतमार्फत परिवर्तन चाहेको स्पष्ट पारे ।

उनले भने, ‘अहिले चुनाव गर्न हँुदैन, चुनाव सार्नुपर्छ भन्ने कुराहरु पनि कता कता सुनेको छुँ । चुुनावले निकास दिदैन भन्ने कुरा सुनेको छु, चुनावले निकास दिँदैन भने के ले दिन्छ निकास रु लोकतन्त्रको सबैभन्दा ठूलो तागत भनेको जनताको तागत हो । जनताले भोटबाट आफ्नो तागत देखाउने यो निर्वाचनले निकास दिन्न भने के ले दिन्छ, निकास आन्दोलनले म कर्णालीबाट एउटा अफर दिन्छु, रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस् । हामी चाहन्छौँ भोटबाट फेर्न । रगतको एउटा थोपा चुहाउन चाहँदैनौँ । लोकतन्त्रलाई खतरा हुन्छ, भनिरहेका छन् मान्छेहरु, जनता जागेपछि तपाईहरुलाई लाग्यो लोकतन्त्रलाई खतरा छ । यतिवेला जनता जागेका छन्, जनतले बुझेका छन्, लोकतन्त्र जोसबाट खतरा थियो, त्यो खतरा हेलिकप्टर चढेर भागेको छ । लोकतन्त्रलाई खतरा तब हुन्छ, जब त्यो हेलिकप्टर सिंहदरबार या बालुवाटारमा ल्याण्ड हुन्छ । जता ल्याण्ड हुन्छ, होस् हामीलाई भन्नु केही छैन, तर जनताको भाग्य फेर्ने र बनाउने सिंहदरबारमा ल्याण्ड नहोस्, त्यतिभए पुग्छ । जनताको परिवर्तनको यो आगोलाई कसैले चुनौती नदियोस् । लोकतन्त्रलाई खतरा छैन, हामी जोगाउँछौँ । कुनै नेताले ठेक्का लिनुपर्छ, लोकतन्त्रको यो देशको लोकतन्त्रको ठेक्का कुनै नेताले, कुनै पार्टीले लिनुपर्दैन, लोकतन्त्र जोगाउने जनता छन् । लोकतन्त्र जोगाउने जिम्मा जनताको हो, लोकतन्त्रप्रति हाम्रो विश्वास छ । हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागिरहेका छोँ । लोकतन्त्रको त्यस्तो पिर लाग्छ भने भएभरका सबै मिल्नुस्, एउटा दल बनाएर चुनाव लड्नुस् । घण्टी भर्सेस अल । जतिबेला जनता जाग्यो, यतिबेला कचकच गर्न पाईदैन है । शान्तिपुर्ण निर्वाचनको प्रत्याभुति सरकारले देओस्, रास्वपा लोकतन्त्रको विधि मानेर लोकतान्त्रिक मूल्य र मान्यतामा अडिक रहेर काम गर्छ । रास्वपासंग डराउनुपर्ने जो होस्, उही मात्रै डराओस्, जनता डराउनुपर्दैन ।’

सभापति लामिछानले पछाडी परेको कर्णाल प्रदेशबाट वाचापत्र सार्वजानिक गरेर नयाँ सन्देश दिएको पनि दाबी गरे । अब कुनै क्षेत्र पनि पछाडी नपर्ने उनको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x