मतदातालाई उत्तेजना र आवेगमा नआई सोचविचार गरेर मतदान गर्न कांग्रेसका उपसभापति शर्माकाे आग्रह
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी २१ गते हुने निर्वाचनमा मतदातालाई उत्तेजना र आवेगमा नआई सोचविचार गरेर मतदान गर्न आग्रह गरेका छन् ।
मत हाल्ने बेला व्यक्तिगत रिस, झोक वा उत्तेजनाबाट प्रभावित नहुन उपसभापति शर्माको आग्रह छ ।
झापामा आयोजित एक कार्यक्रममा उनले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा झापामा नै मत मागिरहेका नेताहरूसँग खुला बहस गर्न तयार रहेको बताए ।
देशमा पछिल्लो समय विकासका काम अघि बढेको उल्लेख गर्दै शर्माले केही पनि नभएको भन्ने भाष्य गलत भएको दाबी गरेका छन् ।
शर्मा बिहीबार साँझ गृह जिल्ला झापा पुगेका हुन् । नेपाली कांग्रेसकी नेत्री तथा पूर्व मन्त्री सरिता प्रशाई उम्मेदवार बनेको झापा क्षेत्र नं. २ को चुनावी घरदैलोमा शर्मा सहभागि भएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE