आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन् ।

शनिबार बुटवलमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले ब्रिफिङ लिएकी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षा लगायतबारे ब्रिफिङ लिएकी थिइन् ।

सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरूले जानकारी गराएका थिए ।

पछिल्ला दिनमा प्रधानमन्त्री कार्की विभिन्न प्रदेशहरूमा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिइरहेकी छिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x