आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

सुनसरीमा कांग्रेस–रास्वपा कार्यकर्ताबिच झडप, प्रहरीद्वारा लाठीचार्ज

काठमाडौं। सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा शनिबार झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ।

सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहामा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका बेला बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केही युवासँग जम्काभेट भएपछि विवाद बढेर झडपको स्थिति बनेको थियो ।

जसका कारण परिस्थिति असामान्य बनेपछि दुवै पक्षका कार्यकर्तालाई तितरवितर गर्न लाठीचार्ज गरेको प्रहरीले जनाएको छ। कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकर्ता र रास्वपाका कार्यकर्तामाथि नियन्त्रणका लागि लाठीचार्ज गर्नुपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए।अहिले स्थिति सामान्य बनिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x