सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

इतिहासमा फयाँकिएका केही व्यक्ति चुनाव नहुने भ्रम फैलाइरहेका छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेको अवस्था नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चूनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका हुन् ।‘चुनाव नहुने हल्ला र प्रचारका पछाडी नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्नुस्,’ प्रचण्डको अपिल थियो ।एनले निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीहरूका चलखेल र हरकतहरूको केही अर्थ नरहेको पनि टिप्पणी गरे ।

प्रचण्डले निर्वाचन मात्रै तुलनात्मक रूपले अहिलेको सहज विकल्प भएको सुरुदेखि नै नेकपा निर्वाचनका बिषयमा दृढतापूर्वक अडिएको धारणा पनि राखे ।देशभरि नेकपाको प्रचार अभियान अगाडि बढ्दै जाँदा बाँकी दिन युद्धस्तरमा खट्न सके एकपटक देशको नम्बर एक पार्टी बन्ने र देशमा एउटा नयाँ परिस्थिति बनाउन सम्भव रहेको उनले बताए ।
केही दिन हावा हुरी आए जस्तो देखिए पनि हावा हुरी सधैँ नचल्ने कुरा जनताले बुझिसकेको जिकिर उनले गरे ।त्यस्तै प्रचण्डले अहिलेको कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रलाई बचाई राख्ने र अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतिर लैजाने संकल्पको साथ नेकपा खडा भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x