लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्
काठमाडौं। काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ समझदारीसहित मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् ।रूपन्देही क्षेत्र नम्बर १ मा पार्टीका उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि धकधईमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले २०८४ को निर्वाचन ०८२ मा गरेर मात्रै मुलुकको समस्या हल नहुने पनि टिप्पणी गरेका छन्।उनले फागुन २१ गतेको निर्वाचनपछि सवैपक्षलाई मिलाएर नवीनतम् समझदारीका साथ देशलाई अघि बढाउनुपर्ने बताएका छन् ।झापा ३ बाट उम्मेदवार रहेका उनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नव युवा पुस्ताबीच नवीनतम सम्झौता हुनुपर्नेमा राप्रपाले जोड दिए पनि कसैले नसुनेको गुनासो गरे ।
अध्यक्ष लिङ्देनले मुलुकमा राष्ट्रिय समझदारी कायम गर्न दबाब पुग्ने किसिमले मतदान गर्न पनि मतदातालाई आग्रह गरे ।उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन फागुन २१ सम्म भएकाले सोचेर मात्रै आफ्नो मत सदुपयोग गर्न पनि उनले भनेका छन् ।अध्यक्ष लिङ्देनले निर्वाचनपछि बलियो शक्ति भएर नवीनतम् समझदारी दिने अवस्था सिर्जना गरिने पनि उल्लेख गरे । रुपन्देही–१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्वल चुनावी प्रतिस्पर्धामा छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE