बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

काठमाडौं–४ का नेकपा उम्मेदवार भुसालको घोषणाः शिक्षा निःशुल्क र स्वास्थ्य सर्वसुलभ बनाउँछु

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट काठमाडौं निर्वाचन–क्षेत्र नं ४ का उम्मेदवार इन्द्र भुसालले आफू निर्वाचित भएमा हरेक नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन। मुलुकमा सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । उनले सडक यातायात व्यवस्थापन, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता, खेलकुद तथा पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी गरे। उनले सडक ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने, हरेक घरको धारामा स्वच्छ खानेपानी पु¥याउने र कृषि क्षेत्रलाई वैज्ञानिक तथा आधुनिक बनाउने योजना सार्वजनिक गरे । शिक्षा सबैका लागि निःशुल्क र अनिवार्य बनाउने तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। ।

उनले भने , ‘हरेक नागरिकलाई सुशासनको अनुभूति दिने मेरो पहिलो प्राथमिकता हो । सडक ट्राफिक सधै।का लागि अन्त्य गर्ने, हरेक घरको धारामा स्वच्छ खानेपानी पु¥याउने, कृषि क्षेत्रलाई वैज्ञानिक र आधुनिकिकरण गर्ने, शिक्षा सबैको लागि निःशुल्क तथा अनिवार्य गर्ने, स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउने, महिला तथा उद्यमीका लागि विशेष कार्यक्रम लागू गर्ने, हरेक खेलका लागि भौतिक संरचना निर्माण तथा विस्तार गर्ने, कला संस्कृति, साहित्य र पर्यटन संरक्षण र विस्तार गर्ने मेरा प्रतिवद्धताहरु हुन् ।’

आफू निर्वाचित भए स्वास्थ्य सेवामा सबैको सहज पहुँच हुने वातावरण निर्माण गर्ने भुसालको दाबी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x