आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

पोखराको लिचिबारी जग्गाको घुस प्रकरण मुद्दामा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेता एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई पोखराको लिचिबारी जग्गाको घुस प्रकरण मुद्दामा विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पूर्वमन्त्री श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

पोखराको लिचीबारी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ र ५ जना विचौलियासहितलाई गत असोज २२ गते घुस प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

गत असार २८ मा मन्त्री गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो ।

कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिन र अनुकूलको व्यक्ति व्यवस्थापन गरिदिने आश्वासन सहित भएको चलखेलमा रञ्जिता पनि जोडिएकी थिइन् । अख्तियारले गुप्ता र श्रेष्ठसँग जनही ७८ लाख बिगो माग गरेको थियो ।

गुप्तालाई भने यसअघि थुनछेक बहसमा विशेष अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x