नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।
स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् ।
सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार बेलुका नै त्यसतर्फ उडेको जनाइएको छ ।
देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएको बताइएको छ ।
पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।
जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।
देउवा यसपटकको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार पनि नभएकोले चुनावकै मुखमा विदेश प्रस्थान गरेका हुन् । डडेल्धुराबाट यसपटक कांग्रेसबाट नैनसिंह महरले टिकट पाएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE