बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

नेकपाका संयोजक प्रचण्डले निर्वाचनका समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनका समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीको रणनीति र पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे पत्रकार भेटघाट कार्यक्रम तय गरिएको उनको सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा संयोजक प्रचण्डले सञ्चारकर्मीसँग प्रत्यक्ष संवाद गर्दै निर्वाचन केन्द्रित विभिन्न विषयमा प्रस्ट पार्ने जनाइएको छ ।

देशभर चुनावी सरगर्मी बढिरहेका बेला प्रचण्डले सार्वजनिक गर्ने धारणालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पत्रकारलाई उक्त कार्यक्रमको समाचार संकलनका लागि निमन्त्रणासमेत गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x