बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति थापा

काठमाडौं। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताएका छन् ।

बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनाव कुनैपनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पारे । उनले संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहोर्याउँदै परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागिपरेको पनि बताए । उनले केही तत्वहरुले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको आरोप पनि लगाए । निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरु चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे । उनले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको दाबी गरे । अगामी वर्षहरुमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहति काँग्रेस जनतासामु गएको जिकिर गर्दै उनले अब कुनैपनि प्रकारको आन्दोलन र विध्वंश हुन नदिने प्रतिज्ञा दोहोर्याए ।

उनले भने, ‘चुनाव आउन अब केही दिन मात्र बाँकी छन् । यो चुनाव यसरी आउँछ भन्ने हामी कसैले पनि सोचेका थिएनौँ । यो हाम्रो योजनाको चुनाव पनि होइन । यो चुनाव हाम्रो बाध्यता हो । तर यो चुनाव अहिले हाम्रो संविधानलाई ट्र्याकमा राख्नका निम्ति अनिवार्य सर्त पनि हो । योभन्दा अर्को विकल्प थिएन र छैन । त्यसकारण चुनाव घोषणा भएको दिनदेखि नै चुनावको परिणामको चिन्ता नगरिकन चुनावलाई सफल बनाउनको लागि नेपाली काँग्रेस पार्टीले आफ्नो भूमिका निर्वाह गरेको छ । नेपाली काँग्रेसको एउटा प्रतिवद्धता छ, चुनावका बारेमा यताउता र केही संशयहरु सिर्जना गर्न खोजिएको छ । ति तमाम संशयहरुलाई चिर्दै समयमा निर्वाचन गराउने कुराका सन्दर्भमा यो सरकारलाई पनि सम्पूर्ण रुपमा साथ दिँदै संविधानलाई लयमा ल्याउने प्रतिवद्धताबाट नेपाली काँग्रेस एक इन्च पनि तलमाथि गर्दैन । फागुन २१ को चुनावको सन्दर्भ हामीले भाद्र २३ र २४ लाई बिर्सिएर हुदैन । त्यो २३ र २४ भदौको घटनाले नै हामीलाई २१ फागुनको चुनावमा पुर्याएको हो ।’

उनले नेपाली काँग्रेसले जेन—जी आन्दोलनको अपनत्व लिइसकेको समेत जिकिर गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x