आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन–जी आन्दोलनबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन समयमै सार्वजनिक नगरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले प्रतिवेदन बुझाउने समय पटक–पटक सार्दै अन्ततः चुनाव पछि पर्याउने सरकारको रणनीति गलत भएको बताएका हुन् । दाहालले आयोगको काममा हुने ढिलासुस्ती र म्याद थपको प्रवृत्ति गलत भएको बताए । उनकाअनुसार कामको चापले गर्दा एक वा दुई पटक समय सार्नु स्वभाविक भएपनि तेस्रो पटक पनि सार्नु र निर्वाचनको मुखमा पुर्याउनु नियोजित देखिन्छ । उनले दोषी जोसुकै भएपनि उनीहरूलाई कानूनी दायरामा ल्याउन ढिलाइ गर्न नहुनेमा जोड दिए । प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गर्दा न्याय सम्पादनमा असर पर्ने र दोषीले उन्मुक्ति पाउने खतरा रहने उनको तर्क छ ।
उनले भने, ‘आयोगको प्रतिवेदन समयमा नै आउनु पथ्र्यो । एक पटक सा¥यो, त्यो मान्न सकिने कुरा हो । गर्दागर्दै भ्याइएन होला । दुई पटक पनि मोटामोटी त्यस्तै प¥यो कि भन्न पनि सकिने हो । तर तीन पटक र अब अब लास्टमा चुनाव पछि भन्ने कुरा गलत भएको छ भन्ने हाम्रो धारणा छ । त्यो गलत भएको छ । दोषी ठहर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनु पथ्र्यो जोसुकै भएपनि । यो ढिला सुस्ती गर्ने, समय सार्दै जाने र अझ चुनाव पछि पु¥याउने कुरा बिल्कुल सही भएको छैन ।’
महत्वपूर्ण घटनाहरूको छानबिनका लागि गठित आयोगहरूले समयमै प्रतिवेदन नबुझाउँदा जनतामा निराशा छाएको बेला उनको यो टिप्पणी आएको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE