शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष–‘आँखा’ चिन्हमा मतदान गर्न आह्वान

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको एउटा राष्ट्रिय नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफूलाई समर्थन गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । शुक्रवार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गरे । रुकुमको समग्र विकासमा टेवा पुर्याउन समर्थन गरेको उनको दाबी छ । एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ । प्रलोपाका शर्मा, नेपाली काँग्रेसका राजु केसी, नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही निर्वाचनको मैदानमाछन् । नेता शर्माले जिल्लाको सर्वाङ्गीण विकासका लागि आफू स्पष्ट खाकासहित निर्वाचनमा होमिएको बताए । आफ्नो चुनावी एजेण्डाबारे प्रष्ट पार्दै शर्माले रुकुम पश्चिमलाई गरिबी र बेरोजगारीबाट मुक्त गराउने संकल्प दोहोर्याए । उनले आम मतदाताहरूलाई सम्बोधन गर्दै विकास र समृद्धिको पक्षमा उभिन आग्रह गरे । निर्वाचनको सरगर्मी बढिरहँदा नेता शर्माले आफूलाई कुनै एउटा दल विशेषको मात्र नभई सम्पूर्ण रुकुमेलीहरूको ‘साझा उम्मेदवार’ भएको बताए । विगतमा सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर परिणाममुखी काम गरेको दाबी गरे । नेता शर्माले रुकुम पश्चिमको रूपान्तरणका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको जिकिर गर्दै मतदाताहरूलाई विकासको पक्षमा एकजुट हुन आग्रह गरे । रुकुमलाई आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा न्यायपूर्ण बनाउने आफ्नो एजेण्डा नै जितको मुख्य आधार रहेको उनको ठहर छ ।

उनले भने, ‘मैले रुकुमलाई देशकै एउटा मोडल जिल्ला बनाउने दृष्टिकोण राखेको छु । हाम्रो लडाइँ गरिबी र बेरोजगारी विरुद्ध हो । सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै रुकुमको भविष्य उज्ज्वल बनाउनु नै मेरो मुख्य लक्ष्य हो । रुकुमको विकास र सामाजिक न्यायलाई जिताउनका लागि आगामी निर्वाचनमा ‘आँखा’ चिन्हमा मतदान गर्न म सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक आह्वान गर्दछु ।’

यता, उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरे । केसीले मतदाताहरुको सुझाव र रुकुमको वृहत्तर हितका लागि आफूले यो निर्णय लिएको बताए । केसीले रुकुमलाई समृद्ध बनाउने एजेण्डाहरु कुनै व्यक्ति विशेषको नभई साझा भएको स्पष्ट पारे । उनले अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुलाई पनि शर्माको पक्षमा उभिन आह्वान गरे ।
उनले भने,‘भोटरहरुले मेरो पार्टी र नेतृत्व ठिक भए पनि अहिलेको मतभारका कारण एजेण्डा कार्यान्वयन गर्न गाह्रो हुनसक्ने सुझाव दिनुभयो । उहाँहरुले एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न आग्रह गर्नुभयो । रुकुम पश्चिमको अहिलेका सबै उम्मेदवारहरुमा जनार्दन शर्मा सबैभन्दा बलियो, स्थापित र अनुभवी नेता हुनुहुन्छ । उहाँलाई साझा समर्थन गरेर सघाउनु नै अहिलेको आवश्यकता हो ।’

केसीले शर्मालाई ‘साझा नेतृत्व’ को रुपमा स्वीकार गर्दै रुकुमको विकासका लागि सबै शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x