सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

रास्वपा उपसभापति वाग्लेको आरोप– ‘पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा। स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाएको आरोप लगाएका छन् ।

शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । पुराना दलहरूमाथि राज्य संयन्त्र कब्जा गरी दोहन गरेको आरोप लगाउँदै वाग्लेले दलीय सिण्डिकेट अन्त्य नगरीकन मुलुकमा विद्यमान समस्या समाधान गर्न नसकिने जिकिर गरे । उनले विश्वविद्यालयहरू, अस्पताल, संघसंस्थादेखि राज्यका हरेक निकाय निकम्मा दलीय छायामा रहेको भन्दै उनले रास्वपा सबै प्रकारका दलीय हस्तक्षेप अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले भने, ‘दलीय संरचनालाई भातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाइयो । हाम्रा विश्वविद्यालयहरु कब्जा गरियो, अस्पताल कब्जा गरियो, संघसंस्थाहरु कब्जा गरियो, राज्यको हरेक निकाय निकम्मा दलीय छायामा छ । आज म स्पष्ट भन्न चाहन्छु, अब यो लुटको खेति स्पष्ट रुपमा बन्द हुनेछ, हुनैपर्छ । दोहनको दलीय सिण्डिकेट अब खारेज हुनैपर्छ । नझुक्किनुहोला पुराना दलहरु फेरी त्यही संरचना बोकेर तपाईहरुसामु आएका छन् । हामीलाई थाहा छ यो परजिवीहरुको रजगज बन्द गर्नासाथ देशका आधा समस्या तुरुन्तै समाधान भएर जानेछन् ।’

उनले अगामी २१ फागुन हुने निर्वाचनमा रास्वपालाई बहुमतका साथ विजयी गराउन समेत अपिल गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x