आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही

काठमाडैं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ । राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको तथा ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिएका छन्

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवम् गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको छ ।

देशभरबाट अहिलेसम्म १ हजार ७६ वटा उजुरी प्राप्त भएकामा १ हजार ६१ वटा किनारा लगाइएको आयोगले जनाएको छ । सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट प्राप्त भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x