बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।निर्वाचन आयोगकाअनुसार बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनको भनाइ छ । उनकाअनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरूले केही केन्द्रमा अझै मतदान गरिरहेका छन् भने खसेको मतको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणअनुसार छिटफुट अवरोधका घटनाबाहेक देशभरको निर्वाचन शान्तिपूर्ण रहेको बताए । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि ‘निर्वाचन निर्देशिका २०८२’ अनुसार तत्काल मतगणना शुरु गरिने जानकारी दिए।

उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्य आज बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनक रूपमा सम्पन्न गराउने कार्य आफैँमा चुनौतीपूर्ण थियो। यस कार्यमा सहयोग, सहकार्य र समन्वयका लागि निर्वाचन आयोग, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता, पर्यवेक्षक, सञ्चारकर्मीहरुप्रति आयोग धन्यवाद ज्ञापन गर्दछ । हालसम्म प्राप्त विवरणअनुसार करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ । मतदानका लागि तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही केन्द्रहरुमा मतदानको कार्य जारी रहेको जानकारी सम्बन्धित निर्वाचन क्षेत्रबाट प्राप्त भइरहेको छ । छिटफुट अवरोधका घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको प्रारम्भिक विवरणबाट समेत प्राप्त भएको छ । मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रुपमा संकलन भएपछि निर्देशिका २०८२ अनुसार मतगणना तत्काल शुरु हुने जानकारी गराउँदछु । दुर्गम १५ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिँदैछ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पु¥याइने लक्ष्य छ भने संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ तथा बाजुरा र हुम्लामा शुक्रवार बिहान सम्बन्धित मतगणना स्थलमा पु¥याइनेछ ।’

आयोगकाअनुसार भौगोलिक रूपमा विकट १५ वटा दुर्गम जिल्लाहरूमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भइरहेको छ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पु¥याइने लक्ष्य राखिएको छ । त्यसैगरी, संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लामा भने शुक्रवार बिहान मात्र मतपेटिका मतगणना स्थलमा पु¥याइने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x