सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार ५६ क्षेत्रको मतगणना सुरु हुँदा रास्वपाले ४४ ठाउँमा प्रारम्भिक अग्रता लिएको छ ।

नेपाली कांग्रेसले पाँच क्षेत्रमा अग्रता लिँदा एमाले चार र नेकपा २ क्षेत्रमा अगाडि छ भने राप्रपाले एक क्षेत्रमा अग्रता लिएको छ।

रास्वपाले काठमाडौँ १ र काठमाडौँ ८ मा जित निश्चित गरेको छ । काठमाडौँ १ मा रञ्जु दर्शना र ८ मा विराजभक्त श्रेष्ठले भारती मत अन्तरको जित सुनिश्चित गरेका हुन् ।

काठमाडौँ उपत्यकाका १५ क्षेत्रमध्ये रास्वपाले १४ क्षेत्रमा अग्रता लिएको छ भने देशभर अन्य क्षेत्रमासमेत रास्वपाले अगाडि देखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x