शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

रसुवामा कांग्रेसलाई प्रारम्भिक अग्रता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रसुवामा मतगणना जारी छ । प्रारम्भिक विवरण अनुसार रसुवामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
४ हजार २५३ मत गणना हुँदा नेपाली कांग्रेसका मोहन आचार्यले दुई हजार १८ मतसहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा रास्वपाका उम्मेदवार बसन्त भट्टले एक हजार १३६ मत पाएका छन् ।

यस्तै, एमालेका प्रेमबहादुर तामाङ ६२२ मतसहित तेस्रो स्थानमा रहँदा नेकपाका माधवप्रसाद लामिछाने १२९ मतसहित चौथो स्थानमा छन् । यहाँ उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले ११८ मत पाएका छन् ।

अहिलेसम्म १७४ मत बदर भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x