बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

काठमाडौं-६ र ८ मा रास्वपाका शिशिर खनाल र विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत कार्यालयकाअनुसार खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्नुभएको छ । २०७९ मा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँ ’सबुज’ले ६ हजार ६ सय ४७ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार अमन मास्के ४ हजार ३ सय ७३ मतसहित तेस्रो हुनुभएको छ ।काठमाडौं–६ मा ४३ हजार ८ सय ६८ मत खसेको थियो । निर्वाचन आयोगले भने औपचारिक घोषणा गरेको छैन ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ दोस्रो पटक विजयी हुनुभएको छ । उहाँले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याउनुभएको छ । कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो हुनुभयो । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो हुनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x