आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

काठमाडौं । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा। महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८ सय ५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८ सय ८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५ सय २९ मत प्राप्त गरेका छन् । म्याग्दीमा ८६ हजार ३ सय ९७ जना मतदाता रहेकोमा ४६ हजार २ सय १५ मत खसेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x