कांग्रेस ५ र एमाले १ ठाउँमा विजयी
काठमाडौं । प्रतिनिधि सभा चुनावको २७ निर्वाचन क्षेत्रको नतिजा प्राप्त हुँदा नेपाली कांग्रेसले ५ क्षेत्रमा जीत हात पारेको छ । नेकपा एमालेले भने ठाउँमा मात्र जीत हात पारेको छ । नेकपाले २ ठाउँमा जीत हात पारेको छ ।
कांग्रेसका तर्फबाट दैलेख–१ मा बासना थापाले १२ हजार ३ सय ७२ मत ल्याएर विजयी भएकी छिन् । मनाङ–१ मा टेकबहादुर गुरुङले २ हजार ४ सय १५ मत ल्याएर जितेका छन् । मुस्ताङमा योगेश थकालीले ३ हजार ३ सय ७ मत र रसुवामा मोहन आचार्यले १० हजार ६ सय ५६ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै तेह्रथुम कांग्रेसका सन्तोष सुब्वाले ११ हजार ५ सय ६१ मत ल्याएर विजयी भए । २०७९ मा ७८ सिट ल्याएको एमालेले अहिलेसम्म एक ठाउँमा मात्र विजयी भएको छ ।
चुनावको बेला एमालेमा प्रवेश गरेका मोहम्मत इश्तियाक राई बाँके २ बाट निर्वाचित भएका छन् । राईको जितसँगै एमालेले पहिलो खाता खोलेको छ । उनले २४ हजार ६ सय २८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका विवेक कुमार श्रेष्ठलाई परााजित गरे। श्रेष्ठले १८ हजार ६ सय ८२ मत ल्याएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE