सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

बारा–३ मा रास्वपाका साह ३० हजार बढी मतान्तरले विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार अरबिन्द साह विजयी भएका छन् । शनिबार (फागुन २३) बिहान सम्पन्न मतगणनामा ४० हजार ६९७ मत प्राप्त गरी उनी सांसद चुनिएका निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार फरमुल्लाह मंसुरले १० हजार ५२ मत ल्याए । उनीहरूबीचको मतान्तर ३० हजार ६४५ रह्यो ।

तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपालका उमेदवार रामबाबुकुमार यादवले ६ हजार ८८४ मत पाए । नेकपा ९एमाले०की उमेदवार ज्वालाकुमार साह पाँच हजार २७१ मतसहित चौथो स्थानमा रहिन् ।

यस्तै, जनमत पार्टीका उमेदवार प्रमोदप्रसाद गुप्ताले तीन हजार ८१९, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का उमेदवार भरतप्रसाद साहले एक हजार ७५१ मत ल्याएका आयोगले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x