कालीकोट १ बाट नेकपाका महेन्द्रबहादुर शाही विजयी
काठमाडौं । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३ सय ३८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नगिन्द्र शाहीले १० हजार ३ सय ५२ मत प्राप्त गरे। ९ सय ८६ मतान्तरले पछि पार्दै शाही विजयी भएका हुन् ।
नेपाली कांग्रेसका हर्षबहादुर बमले ९ हजार १ सय ३३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (माओवादी) का उम्मेदवार खड्गबहादुर विश्वकर्माले ४ हजार ५ सय ९९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले २ हजार ९ सय ३७ मत पाएका छन् ।
नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५ सय ९७, राप्रपाका सूर्यबहादुर शाहीले ५ सय ६६ र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २ सय ६९ मत ल्याएका छन् ।
विजयी शाहीले २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचित भएपछि ऊर्जामन्त्री, ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री बनेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE