ओली र गगन रास्वपाका उम्मेदवारभन्दा निकै पछाडि, अरू चर्चित ठाउँको पछिल्लो अवस्था :
काठमाडौं । यसपटक प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर आउँदा कतिपय शीर्ष र चर्चित नेताहरू पराजित भएका छन् । मतगणना भइरहेका ठाउँमा पनि पुराना दलका शीर्ष नेताहरु रास्वपाका उम्मेदवारभन्दा पछाडि छन् ।
झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २८ हजार ९ सय ९१ मते पछि पारेका छन् । बालेनले ३९ हजार २ सय ८४ मतले अग्रता बनाईरहँदा ओली १० हजार २ सय ९३ मत सहित दोस्रोमा छन् । मतगणना भैरहेका धेरै ठाउँमा कांग्रेस, एमाले लगायतका दलका शीर्ष नेताहरुसँग रास्वपाका उम्मेदवारहरुको मतान्तर धेरै देखिन्छ ।
केही चर्चित क्षेत्रको पछिल्लो मत नतिजा:
झापा ५
केपी शर्मा ओली, एमाले – ११,४२७
बालेन्द्र शाह, रास्वपा – ४२,५४३
सर्लाही ४
गगन थापा, कांग्रेस – ८,४६२
अमरेश कुमार सिंह, रास्वपा – १४,४३४
दाङ २
शंकर पोखरेल, एमाले – १२,९७१
विपिनकुमार आचार्य, रास्वपा – ३५,६८७
रौतहट १
माधवकुमार नेपाल, नेकपा – ६,४४६
राजेश कुमार चौधरी, रास्वपा – २३,३८८
झापा ३
राजेन्द्र लिङ्देन, राप्रपा – १२१५२
प्रकाश पाठक, रास्वपा – २७१६३
तनहुँ १
स्वर्णिम वाग्ले रास्वपा – ३४,२५४
गोविन्द भट्टराई नेपाली कांग्रेस – १४,६१९
गुल्मी १
प्रदीप ज्ञवाली, एमाले – १२,६१२
सागर ढकाल, रास्वपा – २२,९७३
गुल्मी २
गोकर्ण विष्ट, नेकपा एमाले – १५,७०७
गोविन्द पन्थी रास्वपा – १६, ३१३
सर्लाही ३
नारायणकाजी श्रेष्ठ, नेकपा – ७,७००
नरेन्द्र साह कलवार, रास्वपा – २१,६२९
नवलपरासी पश्चिम १
विनोदकुमार चौधरी, नेपाली कांग्रेस – ४,६९६
हृदयेश त्रिपाठी, जनता समाजवादी पार्टी नेपाल – ५,८८७
विक्रम खनाल, रास्वपा– १७,६९९
सप्तरी ३
उपेन्द्र यादव, जसपा नेपाल – ६,६०५
अमरकान्त चौधरी, रास्वपा – ८,७७५
सप्तरी २
सिके राउत, जनमत – २,९३५
रामजी यादव, रास्वपा – ६,८७५
भक्तपुर २
महेश बस्नेत, एमाले – ८,३५१
राजीव खत्री, रास्वपा – ३४,७०२
रुकुमपश्चिम– १
जनार्दन शर्मा, प्रलोपा – ६,७५३
गोपाल शर्मा,नेकपा – ९,०६५
जुम्ला १
ज्ञानेन्द्र शाही, राप्रपा – ११,४६१
नरेश भण्डारी, नेकपा – ७,३०५
बिनिता कठायत, रास्वपा – ३२९
इलाम २
सुहाङ नेम्वाङ, एमाले – १०,१४१
सुदिप राई,श्रम संस्कृति पार्टी – ९,४२१
प्यूठान १
सूर्यबहादुर थापा, नेकपा एमाले – ११,०१९
डा। गोविन्दराज पोखरेल, नेपाली कांग्रेस – ११,८५०
सुशान्त वैदिक,रास्वपा – १४,३८३
रौतहट ४
ऋषि धमला, आम जनता पार्टी – ३५४
गणेश पौडेल, रास्वपा – २४,७१७
सुनसरी १
हर्कराज राई, श्रम संस्कृति पार्टी – ७,८१३
गोमा तामाङ, रास्वपा – ५,८७१
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE