शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले दिए पदबाट राजीनामा

काठमाडौं । रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सफलता हासिल गर्न नसकेपछि कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

घिमिरेले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै जिल्ला कार्यसमितिको उपसभापति पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले आफ्नो राजीनामा आजकै मितिदेखि लागु हुने गरी पार्टीसमक्ष पेस गरेको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा उनले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा पार्टीले सफलता हासिल गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आफूले नैतिक जिम्मेवारी लिएको बताएका छन् ।

त्यस्तै, उनले पार्टीले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने अवसरप्रति आभार व्यक्तसमेत गरेका छन् । आगामी दिनमा पनि पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै सक्रिय सदस्यका रुपमा

संगठन सुदृढ बनाउन निरन्तर लागिरहने उनको भनाइ छ ।

घिमिरेले आफ्नो राजीनामा स्वीकृत गरिदिन पार्टी नेतृत्वसँग आग्रहसमेत गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x