आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

झापा पाँचबाट निर्वाचित बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन्

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रमाणपत्र ग्रहण गरेका छन् ।

उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले भने १८, ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।

काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले झापा–५ बाट उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x