ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित भएका छन् ।
ललितपुर क्षेत्र नम्बर २ की निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेल ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरे । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ र नेकपा ९एमाले०का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन् ।
कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE