बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

मकवानपुर–२ मा प्रशान्त उप्रेती विजयी, एमालेका महेश बर्ताैला पराजित

काठमाडौं । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरेका छन्।

निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त ल्याउँदा बर्तौलाले १९ हजार ६२४ मत ल्याए । नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो भएका छन् । यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो ।

उप्रेतीको जीतसँगै मकवानपुर–२ मा झन्डै ३६ वर्षदेखि कायम रहेको कम्युनिस्ट वर्चस्व पनि अन्त्य भएको छ । २०४६ पछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा कम्युनिस्ट दलका उम्मेदवार विजयी हुँदै आएका थिए । पछिल्लो २०७९ सालमा भएको चुनावमा पनि एमालेका बर्तौला विजयी भएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x